काठमाडौं । आज मधेस प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो विषयमा प्रदेशसभालाई सोमबार पत्र पठाएको थियो । उक्त पत्र संसद्मा सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएका थिए । वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने भएकाले सबै सांसदलाई अनिवार्य उपस्थितको लागि प्रदेशसभाले आग्रह गरेको छ ।
प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादवले उत्पादनमुल क्षेत्रमा केन्द्रित भएर नीति तथा कार्यक्रम तयार पारिएको बताए ।


