काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
उनलाई नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।
नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए । संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो ।


