काठमाडौं । इटलीका पूर्व प्रधानमन्त्री ८६ वर्षीय सिल्भियो बर्लुस्कोनीको निधन भएको छ।
बर्लुस्कोनी तीन पटकसम्म इटालीको प्रधानमन्त्री बनेका थिए। देशमा राम्रो पकड रहेका उनको जनतामाझ पनि राम्रो प्रभाव थियो।
उनी दोस्रो विश्व युद्धपछि इटालीमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका थिए। उनी सन् १९९४ देखि २०११ बीचमा तीन पटकसम्म प्रधामन्त्री पदमा रहे।
बर्लुस्कोनी इटालीको चर्चित फुटबल क्लब एसी मिलानका पूर्वप्रमुख पनि हुन्। एसी मिलान यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो।


