काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य झन् नाजुक भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित रहेकी उनलाई शनिबार भर्ना गरिएको थियो । यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो ।


