काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनोको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । महानगरले आफ्नो क्षेत्रभित्र रहेका १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान दिएको हो ।
मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनुपर्नेछ ।’ पत्रअनुसार डिजिटल प्रणाली महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ ।