काठमाडौं । विशेष अदालतले बर्खास्तमा परेका डीएसपी ठगबहादुर केसीलाई भ्रष्टाचारी ठहर गरेको छ।
विशेष अदालतले उनलाई २ वर्ष जेल सजाय र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला मंगलबार सुनाएको छ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनलाई दोषी प्रमाणित गर्दै २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवानासमेत फैसला सुनाएको हो।
े
ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख केसीविरुद्ध गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीबाट लगेको सुन फिर्ता गर्नका लागि रकम माग गरेका थिए। केसीको निवास खानतलासी गर्दा नगदसहित उक्त सुन बरामद भएको थियो।


