काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र सँगसँगै हुनुपर्ने बताएका छन् ।
राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अवधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको विषयले पनि कोही आत्तिनु नपर्ने बताए ।
पार्टी आबद्ध पूर्व प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘सबै धर्मलाई समान व्यवहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुँदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अवधारणा हो । ’ समग्र रुपमा भन्दा अहिलेको ब्यवस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यवस्था, भ्रष्ट शासक र फोहरी राजनितीको अन्त्य आवश्यक भएको समेत थापाले औँल्याए।
गठबन्धनको परिवर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अवस्था थप कमजोर हुँदै जाने समेत उहाँको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो ।


