काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आज नेपाल नामिबियासँग भिढ्दै छ । खेल बिहान सवा ९ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
क्यानडाविरुद्धको सिरिज क्लिन स्विप गरेको नेपाल लिग २ मा पनि सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिने छ ।
नेपालले दोस्रो खेल शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् ।
लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ ।