काठमाडौं । विहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर कारोबार भएको छ भने चाँदीको मूल्यमा पनि प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।


