काठमाडौं । विशेष अदालतले नेकपा एमालेका पूर्व सांसद एवं सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई तीन वर्षको कैदको फैसला गरेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण गर्दै विशेषले उनी र उनको परिवारको नाममा रहेको सम्पत्ति पनि जफत हुने निर्णय गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई ३ वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय पनि निर्धारण गरेको छ।
विशेषले इच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सबै सम्पत्ति जफत हुने फैसला पनि सुनाएको छ।


