काठमाडौं । डेढ करोड रुपैयाँसहित ८ जना पक्राउ परेका छन् । स्रोत नखुलेको उक्त रकमसहित बाँके प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार ९चैत १ गते० सार्वजनिक गरेको विवरण अनुसार गत फागुन २७ र २८ गते गरी स्रोत नखुलेको १ करोड ५६ लाख २८ हजार ३ सय रुपैयाँ बरामद गरेको हो।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर, नेपालगन्ज उपमहानगरपालिका–२, पुष्पलाल र नेपालगन्ज उपमहानगरपालिका–१ सानिमा बैंकनजिकबाट बरामद उक्त रकमसहित सो रकम कारोबारमा संलग्न आरोपमा प्रहरीले ८ व्यक्तिलाई पक्राउ गरेको हो।


