काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोभिड–१९ बाट संक्रमण भएको छ ।
समाचार एजेन्सीका अनुसार उनका डाक्टरले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भएको उल्लेख गरेका छन्। जुलाई २१ मा बाइडेनलाई कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि बाइडेनको कोरोना परीक्षण गरिएको थियो।
शनिबार बाइडेनले आफूलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताएका थिए। उनको स्वास्थ्य अवस्था भने समान्य रहेको बताइएको छ ।


