काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने खालका गतिविधि भइरहेको बताएका छन् ।
उनले आज आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले राजनीतिक दलहरुले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताए । उनले नेता स्व। भट्टराई कुनैपनि बद्नामले नछोएको व्यक्ति भएको बताए । उनले नेता भट्टराईको खोनिनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए ।


