काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्ने बताइएको छ ।
त्यस्तै दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बस्दै छ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।


