काठमाडौं। आजदेखि लुम्बिनी आजदेखि प्रदेश सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी हुने भएको छ । पार्टीको तर्फबाट आज संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा शपथ लिन कार्यक्रम छ।
मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी आइतबार जसपाका अहिरलाई तोकिसकेका छन्। अहिर बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका हुन्।


