काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा ५३१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी मायानाथ अधिकारीले जम्मा ३६५ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी विजयी भएका छन् ।
४९९ मतसहित उपसचिवमा दामबहादुर विक विजयी भए । उपसचिव महिलातर्फ मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी भइन् ।


