बुटवल । एसआई युकेलेको बुटवलमा “युके एजुकेशन फेयर २०२४” भब्य रुपमा सम्पन्न भएको जनाएको छ । फेयर सयौं विद्यार्थीले सहभागिता जनाएको एसआई युकेका नेपाल निर्देशक विनय अधिकारीले बताए ।
फेयरमा एसआई युकेका निर्देशक विनय अधिकारीसहित ३५ विश्वविद्यालयका प्रतिनिधि सहभागी थिए । उनीहरुले विद्यार्थीहरुलाई विदेशमा उच्च शिक्षाबारे राम्रो जानकारी दिएका थिए ।
उक्त फेयरमा युकेका ३५ विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिनेछन् । फेयरमा उपस्थिति विद्यार्थीलाई ठाउँको ठाउँ अफर लेटर दिने एसआई युके जनाएको छ ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स रिसर्च कार्यक्रममा अध्ययन गर्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने सुविधासहितको अफरसहित एसआई युकेको टिम चितवन आएको छ ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितको सुविधा पनि दिने बताइएको छ । साथै एसआई युकेले आफ्ना विद्यार्थीलाई बेलायतमा काम पनि खोजिदिने गरेको छ ।


