काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो इलाकाभित्र रहेका विद्यालयहरुमा राजनीतिक कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाएको छ । महानगरले सबै विद्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
विद्यालयमा हुने गरेका राजनीतिक कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महानगरपालिकाले अब विद्यालयभित्र यस्ता कार्यक्रम गर्न नदिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।
‘कुनैपनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’ महानगरले पत्रमा भनेको छ । अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।


