काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कार्यक्रमस्थलमै लडेका छन् । कोलोराडोमा एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले मन्तव्य दिएर आफ्नो सिटतर्फ फर्किने क्रममा लडेका बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार उनी बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विट गर्दै राष्ट्रपति बाइडेज ठिक रहेको रहेको र कुनै चोट नलागेको स्पष्ट पारेका छन् ।
बाइडेन यसअघि पनि पटक–पटक सार्वजसनिक कार्यक्रममा लडेका थिए ।


