काठमाडौं । आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।
माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले आज विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बस्दै छ।
नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुस २५ गते अधिकारीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो। तर माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गत चैत १० गतेदेखि सरकार अल्पमतमा छ। जम्मा ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतको पक्षमा बहुमत सिद्ध गर्न ३१ सांसदले साथ दिनुपर्छ।


