काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी नवीन मानन्धरलाई दिएको छ । उनी वडा नं १७ का अध्यक्ष हुन् ।
आइतबार मेयर बालेन्द्र साहको अध्यक्षतामा बसेको छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने गरेको हो । मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् ।
साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ ।
यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।
