काठमाडौं । महिला राष्ट्रिय टोली बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेल जितेर नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ।
घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको महिला राष्ट्रिय टोली ट्रफीसहित सोमबार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएको हो।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो।
योसँगै नेपालले दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले साफको फाइनलमा भोगेको हारको बदला समेत लिएको छ।


