काठमाडौं । भारतको गुजरात राज्यमा एउटा पूल भत्किँदा १४१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मच्छु नदीमा बनाइएको सस्पेन्सन पूल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पूलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ । अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ ।


