भारतमा स्कुटर कारसँग ठोक्किँदा चार नेपालीको मृत्युकाठमाडौं । भारतको उत्तराखण्डस्थित बनबासानजिकैको बजार खटिमाससमा कारले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार ४ जना नेपालीको मृत्यु भएको छ।
शनिबार दिउँसो कार र दुई स्कुटर एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो। भारतीय सञ्चार माध्यमहरुका अनुसार कञ्चनपुरस्थित भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २७ वर्षीया बुहारीहरू नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो। मृतक सबै एकै परिवारका हुन्।
उनीहरू पूजाका लागि नेपाल फर्किरहेका थिए। पूजापाठपछि स्कुटरमा मुडेली फर्किरहेका उनीहरूलाई तिव्र गतिमा आएको कारले उनीहरू सवार दुवै स्कुटरलाई ठक्कर दिएको थियो।
एक स्कुटरमा नमबहादुर र उनकी श्रीमती र अर्कोमा दुई बुहारी सवार रहेकोमा कारले दुवैलाई ठक्कर दिएको हो।


