काठमाडौं । मंगलबार नेप्सेमा दोहोरो अंकले बढेको छ । आज सेयरबजारमा आज ८८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २७ हजार बढी पटकको कारोबारमा २७ लाख कित्ता सेयर बिक्री भएको हो।
मंगलबार बजार परिसूचक नेप्से १७.३६ अंकले बढेर १९ सय विन्दु पार गरेको छ।
१६८ कम्पनीको सेयर मूल्य बढेको, ४४ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ।


