काठमाडौं । महान फुटबलर पेलेका निधन भएको छ । ८२ वर्षीय उनको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति उनको निधन हो । उनी नोभम्बरमा अस्पताल भर्ना भएका थिए ।
लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेलेले ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाएका थिए ।
ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् । पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।


