काठमाडौ । मनास्लु कलेजले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा ख्याति प्राप्त गरेका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लगायत ६ जना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा मनास्लु वर्ल्ड कलेजले आइ.एस.ओ. मान्यता प्राप्त गरेको प्रमाणपत्र समेत पाएको छ। उक्त प्रमाणपत्र प्रमुख अतिथि अमनलाल मोदीले कलेजका अध्यक्ष गेन्द्र लामा मार्फत कलेजलाई प्रदान गरे।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले विद्यार्थीहरु कलेजले सम्मानित गरेको ब्यतित्वहरु जस्तै संघर्षशील बन्नुपर्ने धारणा व्यक्त गरे। उनले समय परिवर्तन भइसकेको र विद्यार्थीहरुले आफ्नो उदेश्य प्रती प्रतिबद्ध भइ आफूले चाहेको विधामा जान सक्ने बताए ।
कार्यक्रममा नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का, सञ्चारकर्मी टिकाराम यात्री, चर्चित संगीतकार सम्भुजित बास्कोटा, एन. प्याब्सनका पूर्व अध्यक्ष रितुराज सापकोटा र मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सभापति तथा कलेजका अध्यक्ष लामाले कार्यक्रमको उदेश्य तथा कार्यक्रमबारे प्रकाश पारेको थिए ।
त्यसैगरी कार्यक्रममा प्रिन्सिपल राजन श्रेष्ठले समाजको हरेक क्षेत्रमा अब्बल भूमिका निर्बाह गर्न सकिने कुरा विद्यार्थिलाइ सिकाउन विभिन्न क्षेत्रका मानिसहरुलाइ सम्मान गरेको धारणा राखे।


