काठमाडौं । पूर्वसोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभक ९१ वर्षको उमेरमा निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो ।
गोर्भाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन् ।
सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए । सोभियत युनियनको पतनसँगै नै आधुनिक रुसको उदय भएको मानिन्छ ।


