काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बाट प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा पदोन्नति भएका ४ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका कृष्ण हरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोज कुमार केसी र राजन अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।