काठमाडौं आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक २२ दशमलव १४ अंकले घटेर २१०९ दशमलव ३४ को विन्दुमा पुगेको छ ।
आइतबार ३१५ कम्पनीका ७० हजार ५ सय ८६ पटकको कारोबारमा १ करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४४ अंकले घटेर ३७९ दशमलव २३ को विन्दुमा पुगेको छ । आज २९ वटा कम्पनीको सेयर भ्यालु बढेको छ भने २१५ वटाको घटेको छ । त्यस्तै, ३ वटाको स्थिर रहेको छ ।
१३ वटा उपसमूहमध्ये २ वटा बढेको छ भने ११ वटा घटेको छ । स


