काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट गर्न उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव मंगलबार बिहानै बालुवाटार पुगेका हुन् ।
आफू विदेश रहेका बेला जसपा विभाजित गरिएको भन्दै रुस्ट रहेका उनले प्रचण्डसँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेको बताइएको छ
‘अहिले कोही पनि सरकारबाट बिदा हुने कुरा चलेन । पार्टी फुटबारे सामान्य छलफल भयो’, बालुवाटार स्रोतले भन्यो, ‘यादवजीले आजै संसदीय दलको बैठक राख्नुभएको छ । त्यसपछि केही भन्नुहोला ।’


