गायक बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाजमा “खान्छ मुटु कुटुक्कै” बोलको गीत भिडियो सहित बाबू क्रियसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गितको शब्द सुदर्शन बुढाको रहेको छ भने बाबुराम भट्टराई र रोजिना बस्नेतले मिठासपुर्ण आवाज दिएका छन् । राजु सुनामको म्युजिक यारेन्ज रहेको गीतमा अजय रेग्मिले छायांकन गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी ,निर्देशन रहेको गीतमा असिम लम्साल र सुहाना भट्टराईको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
दाङमा जन्मेका, नेपाली गीत संगीत भनेपछी हुरुकै हुने गायक बाबुराम भट्टराईले झन्डै आधा दर्जन गीत बजारमा सार्वजनिक गरिसकेका छन् । भने केही नया सिर्जना बजारमा ल्याउने तयारिमा रहेका छन् ।
सानैदेखी गित सङ्गितमा धेरै रुचि भएका,तर कारण बस गीत सङ्गितमा निरन्तर दिन नसकेका गायक बाबुराम भट्टराई हाल अमेरिकेन सेनामा समेत कार्यरत छन् ।
अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई धेरै माया गर्ने , गाउँ घरको उकाली ,ओराली ,मेलापात गर्दा घुन्जिने गीतहरु सिर्जना गर्ने गायक बाबुराम भट्टराई गीत संगीतलाई धेरै माया गर्ने एक उदारणिय व्यती हुन् ।
उनै गायक भाग्यलाई भन्दा कर्मलाई बिश्वास गर्ने गर्दछन । त्यसैले उनेले गरेका सिर्जनाहरु चर्चामा आउने गर्छन । अहिले उनको आवाजमा रहेको “खान्छा मुटु कुट्क्कै” गीतले सारा नेपाली दर्शकहरुको मन जित्न सफल भएको छ ।