काठमाडौं । विहीबार नेप्सेमा झिनो सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेको हो ।
बिहीबार चार अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार तीन अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यस दिन लघुवित्त कम्पनीमा सेयर कारोबारीहरू आकर्षित भएका छन् । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लघुवित्त र ‘अन्य’ समूहको परिसूचक वृद्धि भएको छ । लघुवित्त समूहको परिसूचक ३.८० प्रतिशतले वृद्धि भएको छ ।


