काठमाडौं । आइतबार उच्च अंकले बढेको शेयर बजार सोमबार पनि बढेको छ । सोमबार सेयर बजारको परिसूचक नेप्से २७.५४ अंक बढेको हो ।
त्यस्तै व्यापार २.२३, अन्य ०।५२, लगानी १.८४, हाइड्रोपावर १.३८, होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.४२ प्रतिशत बढे ।
सामुदायिक लघुवित्त, बुद्धभूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको ९ प्रतिशत मूल्य बढ्यो । माइखोलाको मूल्य ८.२ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशतले बढेको छ ।
उपकार लघुवित्तको ७.४, सिर्जनशील लघुवित्तको ६.३, मनकामना स्मार्ट लघुवित्तको ५.७, युनिक नेपाल लघुवित्तको ५.६ र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, साइन रेसुङ्गा विकास बैंक, फस्र्ट माइक्रोफाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।