काठमाडौं । डीआइजीहरु उमेशराज जोशी र भीमप्रसाद ढकाल (एआईजी) मा बढुवा भएका छन् । आज सिंहदरबारमा बसेको क्याविनेट बैठकले उनीहरुलाई एआईजीमा बढुवा गरेको छ ।
ढकाल अहिले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा छन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।
यसअघि वैशाख ४ गतेको बढुवा समितिको बैठकले एआईजीका लागि पहिलोमा जोशी र दोस्रोमा ढकाललाई बढुवा गर्न सरकारलाई सिफारिस गरेको थियो ।जोशी ७३ दशमलव ८३ प्रतिशत र ढकाल ७३ दशमलव ६३ प्राप्तांकसहित बढुवा सिफारिस भएका थिए।


