काठमाडौं । धेरै लामो समयपछि सोमबार भने नेप्सेमा उच्च अंकले बृद्धि भएको छ । आज नेप्से २४.३९ अंकले बढेको हो ।
सोमबार ३२० स्क्रिप्सको ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नारायणी डेभलपमेन्ट बैंक,समाज लघुवित्त वित्तीय संस्था,माण्डु हाइड्रोपावर र सृजनशील लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
हिमालयन उर्जा विकास कम्पनीको सेयर ९।९८ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो।


