काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आफूले देशको स्वार्थ हेरेर काम गर्ने बताएका छन् ।
मन्त्री पुनले आइतबार आयोजित पूर्वबजेट छलफलमा आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए ।
‘मैले यसअघि पनि पटकपटक सार्वजनिक मञ्चहरुमार्फत भनेको छु । कोही चिनेका, कोही मेरो पार्टी निकटका, कोही सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो गर्दिन’, उनले भने, ‘पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महले बनाएर गर्छु ।’


