काठमाडौं । भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्।
मिश्री चिनियाँ मामिलाका जानकार मानिन्छन्। सन् २०२० मा गलवाल उपत्यकामा भएको विवादमा पनि चिनियाँ राष्ट्रपति सी जिङपिङसँग समन्वय गर्ने उनी भारतीय सुत्रधार भएको बाइन्छ। त्यसबेला उनी चीनका लागि भारतीय राजदूत रहेका थिए।
मिश्री भारतका तीन जना प्रधानमन्त्रीका पर्सन सेक्रेटरीसमेत रहिसकेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसअघि इन्दर कुमार गुजराल र मनमोहन सिंहको पर्सन सेक्रेटरी रहेका थिए।
उनले शनिबारदेखि कार्यभार सम्हाल्ने सरकारी अधिकारीहरूले बताएका छन्।