काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिल्भेनियाको बटलरमा गोली प्रहार भएको छ । उनीमाथि शनिबार भएको एक र्यालीमा गोली प्रहार भएको हो ।
यो घटनापछि डोनाल्ड ट्रम्प आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ । ट्रम्पको र्यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।
पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको र गोली लागेको बताएका छन् । चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।
लाइभ भिडियोमा ट्रम्पको दाहिने गाला र कानमा रगत छर्किएको देखाइएको छ। उनी अहिले सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।