काठमाडौं । आज साउन महिनाको पहिलो दिन काठमाडौंको पशुपतिनाथ मन्दिर र अन्य शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ।
साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ।
पशुपति विकास कोषले आजदेखि साउनभरि पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने जनाएको छ।