काठमाडौं । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
उनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिएका हुन् । उनीसँगै एमाले–कांग्रेसका ८ मन्त्रीले पनि सपथ लिएका छन् । उनीहहरुलाई कुनै मन्त्रालय तोकिएको छैन ।
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन् भने नेपाली कांग्रेसबाट धनेन्द्र कार्की, रोज राणा, प्रचण्डविक्रम न्यौपाने र बादशाह कुर्मी मन्त्री बनेका छन् ।


