काठमाडौं । वरिष्ठ नेत्र विशेषज्ञ डा. रुइत सम्मानित भएका छन् । उनलाई शनिबार ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले आँखा उपचारका क्षेत्रमा पुर्याउनु भएको विशिष्ट योदानको कदर गर्दै सम्मान गरेको हो ।
सभामुख देवराज घिमिरेले शनिबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरेका हुन्।
ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उनी सफल भएका छन्।


