काठमाडौं । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदैछन् । साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछन् ।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने ढुक्क छ ।
एमाले कांग्रेसबाहेक उनलाई साना राजनीतिक दलले समेत विश्वासको मत दिने सूचना दिइसकेका छन् । एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले प्रदेश सभामा रहेका बढी भन्दा बढी राजनीतिक दल र सांसदको समर्थन जुटाउने गरी तयारी रहेको बताए ।


