काठमाडौं । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमाल भ्रष्टाचारी भएको ठहर भएका छन् । विशेष अदालतले उनलाई एक लाख १२ हजार २९६ रुपैयाँ जरिवाना र थप तीन महिना कैदको फैसला सुनाएको छ ।
यस्तै, आयोजनाका सबइन्जिनियर नरबहादुर लावडलाई झुटो नापी तयार पार्न सघाएको ठहरसहित एक लाख १२ हजार २९६ रुपैयाँ ३९ पैसा जरिवाना र थप ६ महिना कैद तथा थप १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
मुगुको सोरु गाउँपालिका–५ स्थित नेर सिँचाइ आयोजनाका अध्यक्ष भ्रष्टाचार भएको ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।


