काठमाडौं । गृह मन्त्रालयले काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय तानेको छ । बाढीपहिरोको समयमा प्रशासनले लापरबाही गरेको भन्दै काभ्रेका सूर्य प्रसाद सेढाइँ र धादिङका राजेन्द्रदेव पाण्डे तानिएको हुन् ।
धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।
मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको थियो ।
ने