काठमाडौं । विशेष अदालतले सिराहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहनप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
यस मुद्दामा मंगलबार विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायणसिंह राईको इजलासले यस्तो फैसला गरेको हो।
सिराहाको मझौरामा मधेश प्रदेश सरकारको सांसद अनुदान रकम हिनामिना भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। आर्थिक वर्ष ०७७(७८ मा गाउँपालिकाको वडा नं २ स्थित रामजानकी दलित आधारभूत विद्यालयमा कार्य पूरा गर्नुपर्नेमा त्यसो नभएको भेटिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २८ जेठमा मुद्दा चलाएको थियो।