काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजना भ्रष्टाचार प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई दोषी ठहर गर्दै जनही ८ वर्षका दरले कैद सजाय सुनाएको छ।
सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुरले १० करोड १० लाख ६१ हजार ७५ रूपैयाँबराबरको भ्रष्टाचार गरेको ठहर गर्दै बिगो असुल गरी त्यति नै जरिवाना र ८ वर्ष कैद हुने गरी सजाय निर्धारण गरेको हो।
अभियुक्तमध्ये १७ अभियुक्तमध्ये पूर्वसचिव गजेन्द्र ठाकुरसहित तीन कर्मचारी, एक परामर्शदाता र ठेकेदारलाई दोषी ठहर गरेको छ।
पूर्वसचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेललगायतले सफाइ पाएका छन्।