काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंह र मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ।
आज आयोजित एक कार्यक्रमकाबीच सिंह र सहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो।
त्यस अवसरमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरु समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्य सम्पादन सम्झौता गरेको बताए। कार्यवाहक प्रधानमन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धताहरू सहितको कार्य सम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरे।