काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति कांग्रेस सांसद रामहरि खतिवडाले आगामी असोज महिनाभित्रैमा संघीय निजामती सेवा ऐन पारित गर्ने दावी गरेको छन् ।
उनले बुधबार राजधानीमा आज आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
पूर्व प्रशासक,बहालवाला प्रशासकहरुलाई साक्षी राखेर सभापति खतिवडाले असोज महिनाभित्रैमा संघीय निजामती सेवा ऐन ल्याइने दावी गरेका हुन् ।
। उनले भने आफ्नो समितिमा भोलिबाट निजामती सेवाको ऐनको बारेमा छलफल सुरु गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले सरोकारवाला मुख्य सचिवदेखि सवैलाई आमन्त्रण गरेर असोजभित्र जसरी पनि संघीय निजामती ऐन पारित गर्ने बताए ।