काठमाडौं । बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले नेपाल धितोपत्र बोर्ड ९सेबोन०को अध्यक्षमा आवेदन दिएर पाँचको सर्टलिस्टमा परेका तीन जना उम्मेदवारलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो ।
समितिले बिहीबार सूचना जारी गर्दै यसअघि अन्तरवार्ता र प्रस्तुतीकरण प्रक्रियामा सहभागी नभएका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारीको अन्तर्वार्ता तथा प्रस्तुतीकरणको नयाँ मिति तोकेको हो । उनीहरूलाई असोज १८ गते बिहान १० बजे अर्थ मन्त्रालय सिंहदरबारमा बोलाइएको छ । सर्टलिस्टमा परेका दुई उम्मेदवारहरू मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको अन्तर्वार्ता र प्रस्तुतीकरण भने यसअघि नै भइसकेको छ ।
बोर्डको अध्यक्ष रहेका रमेश हमालको कार्यकाल गत पुस २० गते नै सकिएको थियो ।